Sajhamanch Archive

बिर्तामोडको सिटी सेन्टरमा ह्याप्पी किचन सञ्चालनमा

Published: in अर्थतन्त्र, समाज by .

बिर्तामोड । बिर्तामोडको सिटी सेन्टरमा ह्याप्पी किचन नामक पूर्ण पारिवारिक रेष्टुरेन्ट सञ्चालनमा आएको छ । स्वादिष्ट, स्वास्थवर्धक र अर्गानिक परिकार खुवाउने मुख्य उद्देश्य रहेको जनाइएको छ । सो रेष्टुरेन्ट भोलि पुष १६ गतेदेखि सञ्चालनमा ल्याइने आज पत्रकार सम्मेलन गरी सञ्चालकले जनाएका हुन् ।

बिर्तामोडमा विगत २ वर्षदेखि ग्राहकलाई सेवा दिँदै आएको ह्याप्पी किचनले भद्रपुर रोडमा किड्स जोन, मुक्तिचौक छेउमा फास्टफुडको सेवा पनि दिँदै आएको छ । एउटै ब्राण्डमा सबै किसिमका खानाका पारखीहरुलाई सम्पूर्ण सेवा दिने उद्देश्यले सिटी सेन्टरमा सुविधा सम्पन्न पूर्ण पारिवारिक रेष्टुरेन्ट तथा वार सञ्चालनमा ल्याएको प्रोपाइटर क्रृष्टिना भिल्यामिनो प्रसाईले जानकारी दिइन् ।

ह्याप्पी किचन रेष्टुरेन्टमा ५० जनाभन्दा बढी अटाउन सकिने हलसहित उच्च वर्गदेखि निम्न वर्गलाई समेट्ने गरी नेपाली, इन्डियन, चाइनिज, फिलिपिनो लगायतका खानासँगै अर्डर अनुसारको सबै परिकार उपलब्ध गराइने जानकारी दिइएको छ ।

हालसम्म दुई करोड रुपैयाँको हाराहारीमा खर्च भइसकेको उक्त रेष्टुरेन्टमा स्वदेश तथा विदेशमा अध्ययन र कार्य अनुभव लिएका कर्मचारीहरुले सेवा दिनेछन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *