प्रधानमन्त्री कप क्रिकेटको फाइनलमा आज प्रदेश १ र एपीएफ खेल्ने
Published:
by .काठमाण्डौ । प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज शसस्त्र प्रहरीको विभागीय टिम एपीएफ र प्रदेश १ खेल्दैछन् । खेल बिहान साढे ११ बजेदेखि सुरु हुने छ ।
हिजो भएको सेमिफाइनल खेलमा प्रदेश १ ले लुम्बिनी प्रदेशलाई र एपीएफले सुदूरपश्चिमलाई हराउँदै फाइनलमा प्रवेश गरेका हुन् । राष्ट्रिय खेलकुद परिषद् राखेपको आयोजना तथा नेपाल क्रिकेट संघ क्यानको प्रादेशिक संरचना लुम्बिनी प्रदेशको व्यवस्थापनमा भएको प्रतियोगिताको विजेताले नगद ५ लाख रुपैयाँ प्राप्त गर्ने छ ।
उप विजेताले तीन लाख र सेमिफाइनलमा पराजित हुने दुई समूहले २५–२५ हजार रुपैयाँ पाउनेछन् ।
उज्यालो
Comments