Sajhamanch Archive

 पत्नीको उपचारका लागि प्रचण्ड भारत प्रस्थान

Published: in राजनीति by .

 

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज सोमबार भारत प्रस्थान गरेका छन् । पत्नी सीता दाहालको उपचारको लागि प्रचण्ड भारतको मुम्बई जान लागेको प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए । उनका अनुसार वंशानुगत पार्किन्सन रोगबाट पिडित प्रचण्ड पत्नीको भारतको मुम्बईस्थित ‘न्यूरोगेन ब्रेन एण्ड स्पाइन इन्स्टिच्युट’ मा उपचार गरिने छ ।

अक्ष्यक्ष दाहालसँगै छोरीहरु गंगा दाहाल र रेणु दाहाल पनि गएका छन् । पार्किन्सन रोगबाट पीडित सीताको स्वास्थ्यमा थप समस्या देखिएपछि गत बुधबार उनलाई मेडीसिटी अस्पताल भर्ना गरिएको थियो।

नागरिकदैनिक

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *