प्रदेश १ मा अब सक्रिय कोरोना संक्रमित ६५८ जनामात्र
Published:
by .बिराटनगर । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २९ हजार नाघेको छ । आज १६ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या २९ हजार ८५५ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले दिएको तथ्याङ्क अनुसार हालसम्म मोरङमा १३ हजार ११२, सुनसरीमा ८ हजार ९४७, झापामा ४ हजार ६४६ जना कोरोना संक्रमित भएका हुन् । यस्तै, उदयपुरमा ४९४, इलाममा ४७२, संखुवासभा ३४१, धनकुटामा २०७, पाँचथरमा १४५, ताप्लेजुङमा १२०, तेह्रथुममा ११९ जनामा संक्रमण भएको थियो ।
खोटाङमा ९६, भोजपुरमा ८५, ओखलढुङ्गा ४७, सोलुखुम्वुमा ३७ जनामा संक्रमण देखिएको कोभिड १९ निगरानी, तथ्याङ्क संकलन तथा अनुगमन समितिका संयोजक डा. रविन्द्र निरौलाले बताए । उनका अनुसार प्रदेश १ बाहिरका १ हजार १७ जनामा कोरोना संक्रमण भएको छ ।
प्रदेश १ मा आज ८१ जना डिस्चार्ज भएसँगै २८ हजार ७३७ जना संक्रमणमुक्त भएका छन् । मोरङमा १२ हजार ६८४, सुनसरीमा ८ हजार ६५९, झापामा ४ हजार ३९२, उदयपुरमा ४८२, इलाममा ४४७, संखुवासभा ३२८, धनकुटामा १८७, पाँचथरमा १४१, ताप्लेजुङमा ११४ तेह्रथुममा ११२, खोटाङमा ९३, भोजपुरमा ८३, ओखलढुङ्गा ४५, सोलुखुम्वुमा ३५जना संक्रमणमुक्त भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ बाहिरका ९३७ जना डिस्चार्ज भएका छन् । मन्त्रालयका अनुसार हाल होम आइसोलेसनमा ६५८ रहेका छन् ।
प्रदेश १ मा आजसम्म २ लाख ९ हजार ९४९ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
Comments