काष्ठमण्डप पुनःनिर्माणको काम ८५ प्रतिशत सम्पन्न
Published:
by .काठमाण्डौ । काष्ठमण्डप पुनःनिर्माणको काम ८५ प्रतिशत सम्पन्न भएको छ । बाँकी १५ प्रतिशत काम पनि आउँदो वैशाखसम्ममा सम्पन्न गरिने भएको छ ।
निर्माण अन्तर्गत अहिले अन्य काम सकेर छानो छाउने तयारी भएको छ । त्यसका लागि आवश्यक पर्ने काठको अभाव भएकाले रौतहटबाट ल्याउने तयारी भएको काष्ठमण्डप पुनःनिर्माण समितिका अध्यक्ष राजेश शाक्ययले बताए । आउँदो वैशाखसम्ममा निर्माण सक्ने लक्ष्य अनुरूप काम भइरहेको उनले जानकारी दिए।
निर्माणका क्रममा काठको अभाव भएपछि दुई हजार घनफिट काठ रौतहटबाट ल्याइने तयारी भएको हो । अपुग भएको काठ आउँदो एक महिनाभित्रै ल्याउने तयारी भएको छ । छानाका लागि आठ हजार घनफिट काठ आवश्यक पर्ने भए पनि अहिले थप दुई हजार घनफिट मात्रै ल्याउन लागिएको हो ।
बिसेत नामका मानिसले कल्पतरुलाई चिनेर नियन्त्रणमा लिएर एउटा रुख उपलब्ध गराउने वाचा गराएर छाडेपछि कल्पतरुले सालको काठ दिएको, सातौँ शताब्दीमा राजा लक्ष्मीनरसिंह मल्लले त्यसैबाट मूर्तिविहीन मरुसतः बनाएको र पछि यसैलाई काष्ठमण्डप भन्न थालिएको जनविश्वास रहेको पाइन्छ । काठमाण्डौको नाम पनि ‘काष्ठमण्डप’बाट नै रहेको इतिहासमा उल्लेख छ ।
पुनःनिर्मणका लागि जम्मा १७ हजार ५८ घनफिट काठ आवश्यक पर्दछ । यस ऐतिहासिक सम्पदा पुनःनिर्माणका क्रममा आवश्यक पर्ने काठ केही यसअघिकै प्रयोग भए पनि नयाँ केही काठ भने टिम्बर कर्पोरेसनसँग लिखित सम्झौता गरी ल्याइएको छ ।
यसअघि पनि आवश्यक पर्ने थप आठ हजार घनफिट काठ धनगढीबाट ल्याइएको थियो ।
उज्यालो
Comments