Sajhamanch Archive

अमेरिकी संसदबाट बाइडेनको जित प्रमाणित

Published: in परदेश (प्रवास), विश्व समाचार by .

काठमाण्डौ । अमेरिकी कंग्रेसले राष्ट्रपतिमा चुनावमा जो बाइडेनको जितको सुनिश्चत गरेको छ । अमेरिकी संसद्को संयुक्त बैठकले राष्ट्रपतिमा जो बाइडेनका साथै उपराष्ट्रपति पदमा कमला ह्यारिसको जितको प्रमाणित गरेको हो ।

संसद्ले प्रमाणित गरेपछि बाइडेनलाई जनवरी २० मा शपथ ग्रहणका लागि बाटो खुलेको छ । संसदमा एरिजोना र पेन्सिल्भेनियाको इलेक्टोरल मतका बारेमा रिपब्लिकन पार्टीले विरोध जनाए पनि ती दुई तिहाइले पारित भएनन् ।

यस अघि ट्रम्प समर्थकको प्रदर्शनका कारण संसद्को संयुक्त बैठक केही बेर रोकिएको थियो ।

उज्यालो

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *