Sajhamanch Archive

कोरोनाबाट जोगाउनका लागि दुई जीवनरक्षक औषधी भेटिए

Published: in विश्व समाचार, स्वास्थ्य by .

झापा । कोरोना संक्रमणले जकडेका बिरामीको ज्यान बचाउनका लागि थप दुई जीवन रक्षक औषधी भेटिएको दाबी गरिएको छ । यी औषधी कोरोना संक्रमितको मृत्युदरमा एक चौथाई कमी ल्याउन सक्ने सम्भावना पनि व्यक्त गरिएको छ ।

बेलायतको नेशनल हेल्थ सर्भिस (एनएचएस) को इन्टेन्सिव केयर युनिट (आइसीयू) मा यी भ्याक्सिनको ट्रायल गर्ने अनुसन्धानकर्ताले यी औषधी खोपमार्फत् दिइने र उपचार गरिएका हरेक १२ जनामध्ये थप एकजनाको ज्यान बचाउन सक्ने दाबी गरेका छन् ।

विशेषज्ञले यी औषधी बेलायतमा पहिले देखि नै उपलब्ध भएकोले यसको तुरुन्त प्रयोग गरेर सयौंको ज्यान बचाउन सकिने बताएका छन् ।

बेलायतको अस्पतालमा ३० हजारभन्दा बढी कोरोनाका बिरामी छन् । यो आँकडा गत वर्ष अप्रिलको तुलनामा ३९ प्रतिशत बढी छ ।

बेलायत सरकारले औषधी निर्माता कम्पनीसँग बेलायतमा बिरामीका लागि टोसिलुजमेब र सरिलुमेब औषधी उपलब्ध रहोस् भनेर लगातार सम्पर्क स्थापित गरिरहेको छ ।

ज्यान बचाउनुका साथै यो औषधी प्रयोग गरिएका बिरामी चाँडै निको भइरहेका छन् र गम्भीर रुपमा बिरामीलाई पनि एक हप्ता मात्रै आइसीयूमा राखे पुग्ने भएको बताइएको छ ।

प्रतिदिनको अस्पताल खर्चभन्दा कममा औषधी :

दुबै औषधी उत्तिकै असरदार छन् । र यो सस्तो एस्टेरोयड डेक्सामेथासोनसँग अझ बढी असरदार छ ।

यद्यपि, औषधी सस्तो छैन । यसको मूल्य प्रति बिरामी ७५० पाउन्ड ९१ लाख १९ हजार रुपैयाँ ० देखि १००० पाउन्ड ९१ लाख ५८ हजार रुपैयाँ को बीच आउँछ जुन डेक्सामेथासोनको पाँच पाउन्ड (लगभग ८ सय) को कोर्सभन्दा कयौं गुणा बढी छ ।

यद्यपि, विशेषज्ञका अनुुसार यी खोप लगाउनुको फाइदा यो हो कि यो आइसीयूमा प्रतिदिन हुने बेड खर्चभन्दा कममा उपलब्ध छ । आइसीयूको प्रतिदिन शुल्क २००० पाउन्ड ९३ लाख १७ हजार रुपैयाँ० छ ।

मुख्य शोधकर्ता तथा इम्पेरियल कलेज लण्डनका प्रा.एन्थनी गार्डोनले भने, ‘हरेक १२ बिरामी जुन यी औषधीबाट निको हुनेछन्, उनीहरुले एउटा जीवन बचाउन सक्नेछन् । यो निकै प्रभावकारी छ ।’

बेलायतमा समेत भिन्न ६ देशमा आइसीयूका करिब ८ सय बिरामीमा रिम्याप–क्याप ट्रायल भयो ।

स्ट्यान्डर्ड केयरमा राखिएका करिब ३६ प्रतिशत कोभिड बिरामीको मृत्यु हुन्छ ।

आइसीयूमा भर्ना भएको २४ घण्टाभित्र नयाँ औषधी दिँदा मृत्युको आँकडा एक चौथाई घटेर २७ प्रतिशत भयो ।

एनएचएसका नेशनल मेडिकल डायरेक्टर प्रा। स्टिफन पाविसले भने, ‘कोरोना बिरामीको मृत्युको आँकडामा कमी ल्याउनका लागि अब अन्य औषधी पनि आइसकेका छन् । यो निकै खुसीको कुरा हो र कोरोना भाइरसविरुद्ध लडाईंमा एक सकारात्मक कदम हो ।’

सरकारले निर्यातमाथि लगायो रोक :

बेलायतका स्वास्थ्यमन्त्री म्याट हेनककले भने, ‘बेलायतले समय–समयमा प्रमाणित गरिसकेको छ र अझै भन्दै छ कि ऊ आफ्ना बिरामीका लागि सबैभन्दा आशाजनक र उत्कृष्ट उपचार दिन अग्रस्थानमा छ ।’

यद्यपि, यी औषधीले खतरा पनि निम्त्याउन सक्छ । कोभिड बिरामीलाई अत्यधिक मात्रामा यो औषधी दिँदा यसले फोक्सो र अन्य अंगमा क्षती पुर्याउन सक्छ ।

डाक्टरले डेम्सामेथासोन दिँदा पनि बिरामीको अवस्था गम्भीर छ र जसलाई अत्यधिक हेरविचारको आवश्यकता छ, उनीहरुलाई मात्रै यो औषधी प्रदान गर्न सल्लाह दिइरहेका छन् ।

टोसिलिजुम्याब र सरिलूम्याब, यी दुबै औषधीको निर्यातमा सरकारले रोक लगाएको छ ।

बीबीसी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *