Sajhamanch Archive

निर्वाचन आयोगलद्धारा नेकपालाई – आधिकारिकता दाबी गर्न सात दिनको म्याद

Published: in राजनीति by .

काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई आधिकारिकता दाबी गर्न सात दिनको म्याद दिँदै पत्र पठाएको छ । आयोगले बिहीबार नेकपाको प्रचण्ड–नेपाल र ओली समूहलाई आधिकारिकता दाबी गर्न भन्दै पत्र पठाएको हो ।

आयोगबाट नेकपाले आधिकारिकताका लागि दिएका पत्रहरुको व्यहोरा समावेश गरेर पत्र आएको स्थायी कमिटी सदस्य लिलामणि पोखरेलले बताए ।

आयोगले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार आधिकारिकता दाबी गर्न एक साताअघि नै पत्र पठाएको थियो । तर, दुवै पक्षले आफू नै वैधानिक भएको भन्दै आधिकारिकता दाबी गरेको छैन । जसकारण प्रक्रिया अघि बढाउन अलमल भएको आयोगले बताएको छ ।

दुवै समूहले केन्द्रीय कमिटीका बैठकको निर्णय र आफूसँग सदस्यहरु बहुमत रहेको निवेदन आयोगमा दर्ता गराएको छ । तर, आयोगले कानुनसम्मत दाबी गर्नुपर्ने बताउँदै आएको छ ।

बाह्रखरी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *