Sajhamanch Archive

झापामा लागुऔषध ब्राउनसुगरसहित ६ जना पक्राउ

Published: (Updated: ) in समाज by .

झापा । झापाको दुई छुट्टाछुट्टै स्थानबाट बिहिवार राती लागुऔषध ब्राउनसुगरसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बिहिवार राती साँढे ६ बजे ईलाका प्रहरी कार्यालय धुलावारीबाट गस्तिमा खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका १४ बाट स्थानीय ३० बर्षीय धनवर राजवंशी, भद्रपुर नगरपालिका ११ का ३३ बर्षीय हरी राजवंशी र गौरादह नगरपालिका ९ का निराजन पौडेललाई ३ ग्राम लागुऔषध ब्राउनसुगरसहित पक्राउ गरेको हो ।

यसैगरी ईलाका प्रहरी कार्यालय सुरुङगाबाट खटिएको प्रहरी टोलीले बिहिवार राती साँढे ७ बजे शिवसताक्षी नगरपालिका १० बाट स्थानीय २३ बर्षीय गोपी शर्मा, बनियानी गाँपालिका ६ का २६ बर्षीय मदन मैनाली र फत्तेपुर गाउँपालिका १ सप्तरीका १७ बर्षीय अम्बर बराललाई ९ ग्राम लागुऔषध ब्राउनसुगरसहित पक्राउ गरेको हो । लागुऔषधसहित पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

नेपाल टाइम्स

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *