Sajhamanch Archive

बुढाथोकीको संयोजकत्वमा संजयको उपचारका लागि सहयोगको अपिल

Published: (Updated: ) in मुख्य समाचार, समाज, स्थानीय तह by .

झापा । झापा स्थित बिर्तामोड ४ का संजय पासवानको उपचार सहयोगका लागि प्रकाश बुढाथोकीको संयोजकत्वमा समिति गठन गरिएको छ ।

केही दिन अगाडि दुर्घटनामा परि घाइते भएका पासवानको उपचार सहयोगका लागि समिति गठन गरिएको हो। बिर्तामोड ४ मा कोठा भाडामा बस्दै आएका उनी थला परेपछि यतिबेला परिवारको बिचल्ली भएको छ ।

टायल मिस्त्रीको काम गर्दै आएका पासवान घर नजिकै साइकल बाट लडेर घाइते भएका थिए । उनको यो दुःखलाई  नियालेका स्थानीय बिदुर तिवारीले सबै संग सहयोगको याचना गरेका थिए।

स्थानीय सामाजिक ब्यक्तिहरुको उपस्थितिमा ७ सदस्यीय समिति गठन गरि उनको उपचार गर्न स्थानीयहरु लागि परेका छन् । समितिको सदस्यमा सोही वडाका वडासदस्य गंगा प्रसाईं, बिदुर तिवारी, कन्चना शिवाकोटी, संगिता चिमरिया, सोनु अग्रवाल र उमा प्रसाईं रहेका छन् ।

पासवानको उपचारका लागि नेपाल महिला चेम्बर बिर्तामोड नगर समितिले १० हजार रुपैयाँ सहयोग गरेको छ।

संयोजक बुढाथोकीले पासवानको उपचारका लागि सबैसँग सहयोगको अपिलसमेत गरेका छन् ।

समय सञ्जाल

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *