बाँकेमा दुईजना कोरोना संक्रमितको मृत्यु
Published:
by .काठमाडौं । दाङ र रोल्पाबाट उपचारका लागि बाँके पुगेका दुईजना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ ।
नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा रोल्पाको लिवाङ–४ की ४२ वर्षीया महिला र भेरी अस्पताल नेपालगञ्जमा दाङको बबई–६ की ८० वर्षीया वृद्धाको आइतबार बिहान मृत्यु भएको हो ।
स्वास्थ्य कार्यालय बाँकेले दिएको जानकारी अनुसार दाङकी ८० वर्षीया महिला पुस १० गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन भेरी अस्पतालमा भर्ना भएकी थिइन् । उनको उपचारको क्रममा आइतबार बिहान ६ः३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
यसैगरी पुस २५ गते उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा भर्ना भएकी ४० वर्षीया महिलामा पनि सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो । उनको उपचारको क्रममा आइतबार बिहान ३ः३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
अनलाइनखबर
Comments