Sajhamanch Archive

हाइड्रोजन इन्धनको उत्पादनबारे निगमले केयूसँग मिलेर अध्ययन गर्ने

Published: in शिक्षा by .

काठमाडौं । नेपाल आयल निगमले डिजेल, पेट्रोल र ग्यासको विकल्पकको रुपमा प्रयोग गर्न हाइड्रोजन इन्धनको व्यवसायिक विकास गर्ने भएको छ । स्वदेशमा उत्पादित बिजुली प्रयोग गरेर हाइड्रोजन इन्धन उत्पादनबारे अध्ययन गर्न निगमले काठमाडौं विश्वविद्यालय केयूसँग शुक्रबार समझदारी गरेको छ ।

निगमका निर्देशक दीपक बराल र केयूका स्कुल अफ इन्जिनियरिङका डीन डा.डम्बरबहादुर नेपालीबीच आपसी सहयोगलागि सम्झौता भएको निगमका प्रवक्ता विनितमणि उपाध्ययले बताए । समझदारीले बिजुलीमार्फत हाइड्रोजन उत्पादन गर्ने नीति, उत्पादन, भण्डारण र वितरण केन्द्र स्थापना जस्ता विषयमा विश्व विद्यालयसँग दुई वर्ष प्राविधिक सहयोग निगमले लिनेछ ।

नेपालमा हाइड्रोजन इन्धन विकासबारे यो पहिलो प्रयास भएको निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले दाबी गरे । नेपालमा हाइड्रोजन इन्धन उत्पादन सुरु भए बढ्दो बिजुली उत्पादन खेर जाने चिन्ता हट्नुका साथै भारतबाट आयात भइरहेको पेट्रोल, डिजेल र ग्यासलाई प्रतिस्थापन गर्न सहज हुने पौडेलले बताए । हाइड्रोजन इन्धन रासायनिक मल र औषधि उद्योगका लागि पनि उपयोग हुने निगमले जनाएको छ ।

अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *