कक्षा १२ को नतिजा एक सातापछि सार्वजनिक गर्ने तयारी
Published:
by .झापा । कक्षा १२ को परीक्षाको नतिजा प्रकाशन एक सातापछि हुने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले १० दिन भित्रमा नतिजा सार्वजनिक गर्ने तयारी थालेको हो । पुस भित्रैमा नतिजा प्रकाश गर्ने तयारी गरेको भएपनि विद्यालयहरुले सिम्बोल नम्बरको क्रमअनुसार विवरण नपठाइदिँदा परीक्षा बोर्डका कर्मचारीहरु हैरानमा परेका थिए ।
विद्यालयबाट आएको विवरण मिलाउन समय लागेकाले नतिजा प्रकाशनमा ढिलाइ भएको बोर्डले जनाएको छ ।
बोर्डका अध्यक्ष डा.चन्द्रमणि पौडेलले माघ पहिलो साता भित्रै नतिजा प्रकाशन गरिसक्ने बताए । कोरोनाका कारण गत वैशाखमा हुनुपर्ने परीक्षा मंसिरमा सरेको थियो ।
यसैबीच कक्षा ११ को पाठ्यक्रमको बारेमा अझै अन्यौलता कायमै छ । शैक्षिक शत्र सकिनै लाग्ने बेलासम्म पनि कक्षा ११ मा कुन पाठ्यक्रम पढाउने भन्ने विषय अदालतमा विचाराधिन रहेकाले विद्यार्थीहरु अन्योलमा परेका छन् ।
Comments