लागुऔषध कारोवारमा संलग्न तीन जनालाई प्रकाउ
Published:
by .ताप्लेजुङ । लागुऔषध खैरो हिरोइन कारोवारमा संलग्न एक महिलासहित तीन जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा फक्ताङलुङ गाउँपालिका–४ इखाबुका २४ वर्षीय हाङ्सु भनिने अमृत लाबुङ (लिम्बू), फुङलिङ नगरपालिका–९ स्थायी ठेगाना भई झापाको अर्जुनधारा बस्ने ३३ वर्षीया कल्पना गुरुङ र फुङलिङ नगरपालिकामा नै बसोवास गर्दै आएका भारतीय नागरिक अन्दाजी ३० वर्षीय रुपन साह भनिने मनोज साह रहेका छन् ।
उनीहरुलाई लागुऔषधको कारोवारमा संलग्न रहेको भन्ने गोप्य सूचनाका आधारमा छुट्टाछुट्टै ठाउँबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । प्रहरीका अनुसार अमृत लाबुङ २५.८१ ग्राम खैरो हेरोइनसहित फुङलिङ नगरपालिका–६ गुम्बा चोकबाट पक्राउ परेका हुन् भने मनोज साह फुङलिङ नगरपालिका–७ मा पर्ने मेची राजमार्गबाटै ४०० मिलीग्राम हेरोइनसहित पक्राउ परेका हुन् ।
फरक–फरक मिति र स्थानबाट पक्राउ परेका तीनै जनालाई बिहीबार प्रहरीले पत्रकार भेटघाट कार्यक्रमका बीच सार्वजनिक गरेको थियो । लागुऔषध नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालयले विशेष योजनाका साथ खोजतलास तथा अनुसन्धान कार्यलाई अघि बढाएको ताप्लेजुङ प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक महेन्द्र श्रेष्ठले बताए ।
Comments