संसद विघटनविरुद्ध माघ ३ को प्रदर्शनमा सबैलाई सहभागी बन्न सभापति देउवाको अपिल
Published:
by .काठमाडौँ । प्रमूख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको असंवैधानिक कदम विरुद्ध माघ ३ गते प्रदर्शन गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको असंवैधानिक कदमविरुद्ध माघ ३ को प्रर्दशनमा सहभागी बन्न कांग्रेसले अपिल गरेको छ । शुक्रबार कांग्रेसका सभापति शेरबहादुर देउवाले एक विज्ञप्ती जारी गर्दे अपिल व्यक्त गरेका हुन् ।
प्रतिनिधिसभा विघटनका विरुद्ध नेपाली कांग्रेसले देशव्यापी प्रदर्शनमा उत्रिएको छ । यसअघि पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा र पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरिसकेको कांग्रेसले शनिबार माघ ३ गते ७५३ वटै स्थानीय तहमा विरोध प्रदर्शन गर्न निर्णय गरेको हो ।
देउवाले विज्ञप्ती मार्फत भनेका छन्, ‘संसद विघटनको कार्यलाई हामीले असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेका छौं । संविधानमा भएको ब्यवस्था प्रतिकुल, जनभावना विपरीतको कार्य विरुद्ध नेपाली कांग्रेस एकमतका साथ उभिएको छ । पार्टीको सबै तहका साथीहरू संगै समस्त लोकतन्त्रवादीमा विरोध प्रदर्शनमा व्यापक सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध ऐक्यवद्धता प्रकट गर्न अपील गर्दछु ।’
Comments