Sajhamanch Archive

एनएमसी कोपसपमा कर्मचारी आवश्यकता सम्बन्धी सूचना

Published: (Updated: ) in विज्ञापन, सहकारी by .

असल संस्कार र समृद्धिका लागि एनएमसी

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP
प्रधान कार्यालयः मेचीनगर–६, काँकरभिट्टाको

कर्मचारी आवश्यकता सम्बन्धी सूचना

प्रथमपटक प्रकाशित मिति : २०७७।१०।४

यस संस्थाको सहकारी पसल (कोपसप) व्यवसाय अन्तर्गत बिर्तामोडस्थित वितरण केन्द्र (Distribution Center-DC) का लागि तपसिल अनुसारका कर्मचारी आवश्यकता भएको हुँदा इच्छुक नेपाली नागरिकबाट निवेदन आह्वान गरिन्छ ।

विज्ञापन नं.  २२ (२०७७/०७८)
पद : वरिष्ठ सहायक तेस्रो            तह : नवौँ
कार्यस्थल : एनएमसी सहकारी पसलको वितरण केन्द्र बिर्तामोड
उमेर : २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको
तलब स्केल : मासिक रु. २२,०००।– (बाइस हजार)
जिम्मेवारी भत्ता : मासिक रु. ८,५००।– (आठ हजार पाँच सय)
अन्य सुविधा : सञ्चयकोष, ग्रेड, बोनस, बिमा, पोशाक, सञ्चिति बिदा आदि
सेवाको प्रकृति : करार (बढीमा २ वर्ष, पुनः नवीकरण हुनसक्ने)
न्यूनतम शैक्षिक योग्यता : वाणिज्य शास्त्रमा स्नातक (बीबीएस, बीबीए, सीए वा सो सरह)
मुख्य जिम्मेवारी : वितरण केन्द्रको योजना तर्जुमा, व्यवस्थापन, कर्मचारी परिचालन, लेखा व्यवस्थापन आदि
अतिरिक्त योग्यता : कम्प्युटर सञ्चालनमा राम्रो दख्खल भएको, एक्सल सफ्टवेयरमा राम्रो दखल भएको ।
नेपालमा वा विदेशमा डिसी इञ्चार्ज, स्टोर मेनेजर, वेयरहाउस मेनेजर वा सोही प्रकृतिको कार्य गरेको अनुभव अनिवार्य
निवेदन दस्तुर : ४००।– (चार सय)
परीक्षाको किसिम : लिखित, मौखिक र प्रयोगात्मक

विज्ञापन नं.  २३ (२०७७/०७८)
पद : कार्यालय सहायक तेस्रो                                                      तहः छैटौँ
लिङ्ग : महिला
मुख्य जिम्मेवारी : कस्मेटिक्सजन्य वस्तुको बिक्री तथा सो सम्बन्धी तालिम (Beauty & Women Personal Care)
उमेर : २१ वर्ष पूरा भई ४० वर्ष ननाघेको
कार्यस्थल : एनएमसी सहकारी पसलको वितरण केन्द्र, बिर्तामोड
तलब : रु.१७,७००।– (सत्र हजार सात सय)
अन्य सुविधा : सञ्चयकोष, ग्रेड, बोनस, बीमा, पोशाक, सञ्चिति बिदा आदि
सेवाको प्रकृति : करार (बढीमा २ वर्ष, पुनः नवीकरण हुनसक्ने)
न्यूनतम शैक्षिक योग्यता : कक्षा १२ उत्तीर्ण
थप योग्यता : ब्युटी टेनिङ प्राप्त वा सो सम्बन्धी निश्चित कोर्ष पूरा गरेको वा कस्मेटिक्सजन्य वस्तुको बजारीकरण सम्बन्धी अनुभव भएको र महिला सौन्दर्यका सम्बन्धमा विशेष दक्षता भएको
निवेदन दस्तुर : रु.३००।– (तीन सय)
परीक्षाको किसिम : लिखित, मौखिक र प्रयोगात्मक

अन्य :
१. आवेदकको उमेरको हकमा आवेदन भर्ने अन्तिम मितिलाई आधार मानिने छ ।
२. आवेदकहरुले संस्थाले तोकेको दरखास्त फारम, आवश्यक कागजातको प्रतिलिपि र व्यक्तिगत विवरण Bio-Data सहित हस्तलिखित निवेदन संस्थाको बिर्तामोड बैंकिङ कार्यालयमा बुझाउनु पर्नेछ । दरखास्त फारम संस्थाको वेबसाइट www.nmc.coop.np वा संस्थाका कार्यालयहरूबाट प्राप्त गर्न सकिनेछ ।
३. आवेदन शुल्क संस्थाको प्रधान कार्यालयको बचत हि.नं. 99-58-00000063, NMC SEWA AAYOG न्खातामा जम्मा गरी जम्मा गरेको भौचर आवेदन फाइलमा अनिवार्य राख्नुपर्ने छ ।
४. परीक्षणकाल अवधि सेवा प्रारम्भ गरेको मितिले पहिलो ६ महिना (१८० दिन) लागू हुनेछ ।
५. सेवाको प्रकृति करार सेवा हुनेछ ।
६. आवेदकले माथिका कुनै एक पदमा मात्र दरखास्त आवेदन दिन सक्नेछन ।
७. मोटरसाइकल तथा स्कुटरको सवारी चालक अनुमति पत्र भएकोलाई प्राथमिकता दिन सकिने छ ।
८. निवेदनका साथ हालसालै खिचेको ३ प्रति पासपोर्ट साइजको फोटो उपलब्ध गराउनु पर्नेछ ।
९. विदेशबाट शैक्षिक योग्यता हासिल गरेको भए समकक्षताको प्रमाण पत्र अनिवार्य पेस गर्नुपर्ने छ ।
१०. निवेदन दिने अन्तिम मिति २०७७ माघ ११ गते आइतबार कार्यालय समयसम्म ।
११. सम्पर्क मिति २०७७ माघ १२ गते सोमबार हुनेछ र सोही मितिमा परीक्षा सम्बन्धी जानकारी संस्थाको कार्यालयको सूचना पाटीमा टाँस गरिनेछ ।
१२. उत्तीर्ण उम्मेद्वारले संस्थाले तोकेबमोजिम धितो धरौटीको प्रक्रिया पूरा गर्नुपर्ने छ ।

थप जानकारीका लागि : ९८५२६८९४१७/९८५२६८९४१६

– एनएमसी सेवा आयोग

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *