Sajhamanch Archive

कोल्ड स्टोरेजमा कुहिएको सामानको ३० लाख रुपैयाँ बीमा नेको इन्स्योरेन्सले दियो भुक्तानी

Published: (Updated: ) in अर्थतन्त्र, समाज by .

बिर्तामोड । यहाँस्थित रोयल कोल्ड स्टोरेज प्रालि (शीत भण्डार)मा भण्डारण गरिएको किसानको नगदेबाली कुहिएर नष्ट भएपछि त्यस बापत नेको इन्सुरेन्सले ३० लाख रुपैयाँं दावी भुक्तानी गरेको छ ।

रोयल कोल्ड स्टोरेज प्रालिले नेको इन्सुरेन्समा निर्जीवन बीमा गरेको थियो । कोल्ड स्टोरको मेसिनमा समस्या आएर किसानले भण्डारण गरेको कृषिजन्य बस्तु कुहिएर नष्ट भएपछि बीमा दावी गरी क्षतिपूर्ती मागिएको थियो ।

शीत भण्डारका सञ्चालक किशोर क्षेत्रीका अनुसार कोल्ड स्टोरेजमा किसान तथा ब्यापारीद्वारा भण्डारण गरिएको स्याउ, आलु, सुन्तला, अनार, नास्पाती, अङ्गुर, घिउ र क्रिम कुहिएर नष्ट भएको थियो ।

नेको इन्सुरेन्सका बिर्तामोड शाखा प्रमुख सुमन पोद्धारले कोल्ड स्टोरेजका कृषिजन्य बस्तुहरु कुहिएकाले बिमकले भुक्तानी दाबी गरेपछि क्षति बराबरको रकम भुक्तानी गरेको बताए । शाखा प्रमुख पोद्धारले भने, ‘निर्जीवन बीमाको क्षेत्रमा अब्बल रुपमा काम गरिरहेको नेको इन्स्योरेन्सले समयमै बीमा दाबीको रकम बिमितलाई हस्तान्तरण गरेर वास्तविक बीमा कम्पनीको परिचान स्थापित गरिरहेको छ ।’

आज रोयल कोल्ड स्टोरेज प्रालिका सञ्चालक किशोर क्षेत्रीलाई नेको इन्स्योरेन्सका बिर्तामोड शाखा प्रमुख पोद्धारले ३० लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *