Sajhamanch Archive

खाने तेलको मूल्य वृद्धि गर्ने दुई उद्योगलाई कारवाही

Published: in अर्थतन्त्र, समाज by .

काठमाडौँं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले खाने तेलको मूल्य वृद्धि गर्ने दुई उद्योगलाई कारवाही गरेको छ । केही दिनयता बजारमा खाने तेलको मूल्य अस्वभाविक रुपमा वृद्धि भएको गुनासो पछि विभागले बजार अनुगमनलाई तीव्रता दिएको छ ।

विभिन्न जिल्लामा सञ्चालन भएको तेल उद्योगको अुनगमनका क्रममा मङ्गलबार बारामा सञ्चालित दुई उद्योगले मूल्य बढाएको भेटेपछि कारवाही स्वरुप जरिवाना गरिएको जनाइएको छ ।

विभागका निर्देशक एवं सूचना अधिकारी शिवराज सेढाइँ बजार अनुगमका क्रममा उत्पादन लागतको अनुपातमा बढी मूल्य लिएको भेटिएपछि कारवाही गरिएको जानकारी दिए । उनका अनुसार बारामा रहेको अन्नपूर्ण भेजिटेवल प्रा लि र महालक्ष्मी सोल्भेन्ट एण्ड रिफाइनरी प्रा लिलाई उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार कारवाही स्वरुप रु तीन÷तीन लाख जरिवाना गरिएको हो ।

पछिल्लो समय बजारमा खाने तेलको मूल्य अस्वभाविक रुपमा वृद्धि भएको हो। तीन महिनाअघिको तुलनामा हाल तोरीको तेलको मूल्य प्रतिलिटर रु ४०, सनफ्लावर तेल प्रतिलिटर रु ४० र भटमासको तेल लिटरमा रु २० भन्दा बढीले मूल्य बढाइएको छ ।

अनुगमनका क्रममा अस्वभाविक रुपमा बढाइएको खाने तेलको मूल्यवृद्धि सच्याउन निर्देशन दिइएको छ भने निर्देशनका पालना नगरे कानूनअनुसार थप कारवाही हुने जनाइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *