Sajhamanch Archive

कृषिमा वैदेशिक लगानी तत्कालका लागि रोक्न सर्वोच्चको अन्तरिम आदेश

Published: (Updated: ) in अर्थतन्त्र, राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । कृषिका प्राथमिक उत्पादनका क्षेत्रमा वैदेशिक लगानी खुला गर्ने सरकारको निर्णय तत्कालका लागि रोक्न गर्ने सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

कृषिमा वैदेशिक लगानी खुला गर्ने सरकारी नीति रोक्नुपर्ने माग गर्दै अधिवक्ता डा.पुण्यप्रसाद खतिवडासहितले दायर गरेको रिटमा सर्वोच्चका न्यायाधीश डा.मनोज कुमार शर्माको एकल इजलासले यो आदेश जारी गरेको हो ।

कृषिका साथै प्राथमिक क्षेत्रमा वैदेशिक लगानी खुला गर्नुका लिखित १५ दिनभित्र पेश गर्न पनि अदालतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई जानकारी दिएको छ ।

सरकारले सम्बन्धित पक्षहरुसँग छलफल नै नगरी विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ को अनुसूची संशोधन गरेर कृषिमा विदेशी लगानी खुला गर्ने निर्णय गरेको कृषि व्यवसायीहरुको गुनासो रहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *