नारी सञ्चार गृह झापाको अक्षयकोषमा रकम थपिँदै
Published:
by .बिर्तामोड । बिर्तामोड–१ निवासी सामाजिक व्यक्तित्वहरु देविका बस्नेत र नरेन्द्र बस्नेतले जन्मदिनको अवसर पारेर नारी सञ्चार गृह झापाले स्थापना गरेको नारी सञ्चार प्रोत्साहन अक्षयकोषका लागि सहयोग रकम प्रदान गरेका छन् ।
जन्मदिनको अवसर पारेर बस्नेत दम्पत्तीले आज बिर्तामोडस्थित आफ्नै निवासमा नारी सञ्चार गृहको टोलीलाई सहयोग स्वरुप नगद २१ हजार रुपैयाँ प्रदान गरेका हुन् ।
बस्नेत दम्पत्तीले नारी सञ्चार गृहका अध्यक्ष भीमा शिवाकोटी, अक्षयकोषका संयोजक रेजिना गौतम र कोषाध्यक्ष ज्योस्ना श्रेष्ठलाई संयुक्त रुपमा सहयोग रकम हस्तान्तरण गरेका थिए । रकम हस्तान्तरण गर्दै सामाजिक क्षेत्रमा समेत सक्रिय बस्नेत दम्पत्तीले दृढ संकल्प लिएर अघि बढे लक्ष्यमा पुग्न कठिन नहुने बताउदै अक्षयकोषको लक्ष्य वृद्धि गर्न सुझाव समेत दिएका छन् ।
झापाका महिला सञ्चारकर्मीहरुको छाता संगठन नारी सञ्चार गृहले स्थापना गरेको अक्षयकोषको लक्ष्य, उद्देश्य र उपलब्धीहरुबारे अवगत गराउँदै संस्थाका अध्यक्ष भीमा शिवाकोटीले सहयोगी मनहरुप्रति धन्यवादसहित आभार व्यक्त गरिन् ।
Comments