Sajhamanch Archive

युरोपमा कोभिड खोपको अभावसँगै, कयौँ स्थानमा खोप कार्यक्रम स्थगित

Published: in परदेश (प्रवास), विश्व समाचार, स्वास्थ्य by .

एजेन्सी। कोरोनाभाइरस विरुद्धको खोप विकास गरिरहेको अर्को एउटा कम्पनीले वितरणमा समस्या हुन सक्ने बताएसँगै युरोपेली सङ्घ निराश बनेको छ। यूकेको कम्पनी एस्ट्राजेनिकाले उत्पादनमा देखिएको समस्याका कारण अनुमान गरिएभन्दा कम मात्रामा खोप उत्पादन हुने बताएको छ।

युरोपका कयौँ भागमा फाइजररबायोएनटेकले वाचा गरे अनुरूपको आपूर्ति नगरेपछि कोभिडको खोप दिने काम सारिएको वा रोकिएको बताइएको हो।

अक्सफर्ड विश्वविद्यालयसँगको सहकार्यमा खोप विकास गरेको एस्ट्राजेनिकाले एक विज्ञप्ति जारी गर्दै पछिल्लो अवस्थाबारे जानकारी गराएको हो। यो खोपलाई हालसम्म सङ्घको नियामक निकायले प्रयोगका लागि स्वीकृत गरिसकेको भने छैन।

यो महिनाको अन्त्यसम्ममा खोपलाई स्वीकृत दिन सकिने बुझिएको छ। कयौँ युरोपेली देशमा सङ्क्रमितको सङ्ख्या उकालो लागिरहेका बेला अमेरिकी औषधि उत्पादक कम्पनीले अस्थायी रूपमा आपूर्ति घटाउँदा खोप वितरण प्रभावित भएको हो।

खोप कार्यक्रम रोकियो

जर्मनीको सबैभन्दा धेरै जनसङ्ख्या भएको राज्य र इटलीका कयौँ क्षेत्रमा खोपको पहिलो मात्रा दिने काम नै रोकिएको छ। म्यड्रिडमा स्वास्थ्यकर्मीलाई खोप दिने समेत बन्द गरिएको छ।

गत साता फाइजरले आउँदा केही साताका लागि खोपको आपूर्ति ढिलो हुने जनाएको थियो। बेल्जियममा एउटा कारखानाको क्षमता विस्तारको काम भएकाले ढिलो हुने फाइजरले बताएको थियो।

ईयूले फाइजरबाट मात्र ६० करोड डोज खोप मगाएको छ। उसले अर्को अमेरिकी कम्पनी मोडेर्नाको खोपलाई समेत स्वीकृति दिएको छ। ढिलासुस्तीलाई लिएर हङ्गेरीका दक्षिणपन्थी प्रधानमन्त्री भिक्टोर अर्बानले ईयूले जिम्मेवारी लिनुपर्ने बताएका छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *