Sajhamanch Archive

चितवनमा एचआईभी संक्रमितको निःशुल्क स्वास्थ्य बिमा

Published: in समाज, स्वास्थ्य by .

चितवन । चितवनमा रहेका ३४८ एचआईभी संक्रमितको निःशुल्क स्वास्थ्य बिमा गरिएको छ । यहाँ रहेका स्थानीय तहसँगको समन्वयमा उनीहरुको स्वास्थ्य बिमा गरिएको हो ।

एड्स हेल्थ फाउन्डेसनको सक्रियतामा उनीहरुको स्वास्थ्य बिमा गरिएको हो । फाउन्डेसन चितवनका प्रमुख कृष्णहरि सापकोटाका अनुसार बिमा गर्नेमा सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका संक्रमित रहेका छन् । स्थानीय तहहरुले नीति तथा कार्यक्रममा राखेर उनीहरुको बिमा गरेका हुन् ।

संक्रमित खुलेर आउने वातावरण बनाउनका लागि निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गरिएको उनले जानकारी दिए । बिमा गरिएका परिवारमा एकभन्दा बढीसमेत संक्रमित रहेको सापकोटाले बताए ।

जिल्लामा अहिले एक हजार ९२६ संक्रमित छन् । तीमध्ये १४७ बालबालिका हुन् । फाउन्डेसनमा दर्ता भएर औषधि सेवन गर्नेमा ४७ बालबालिका, ४७१ महिला र ४५१ पुरुषसहित ९६७ रहेका छन् । सन् २०२० मा गरिएको परीक्षणका क्रममा नयाँ ७९ जनामा एड्स संक्रमण भेटिएको छ । थपिएका व्यक्तिमध्ये चार बालबालिका रहेका छन् । आठ हजार ७६२ जनाको परीक्षणका क्रममा सो संख्यामा संक्रमित थपिएको फाउन्डेसनका स्रोत व्यक्ति डा। युवानिधि बसौलाले जानकारी दिए । बसौलाका अनुसार सन् २०२० मा संक्रमितमध्ये १५ को मृत्यु भएको छ । मृत्यु हुनेमा एक कोरोना संक्रमण, चार क्यान्सर, पाँच क्षयरोग र अन्य अत्यधिक मदिरा सेवनका कारण रहेका छन् ।

बाह्रखरी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *