प्रदेश सांसद बानियाले बनाइदिए विपन्न ७ परिवारका घर
Published: (Updated: )
by .भद्रपुर । प्रदेश जनता आवास कार्यक्रम अन्तर्गत भद्रपुर नगरपालिका वडा नं. ४ मा निर्माण गरिएका ७ वटा आवास गृह विपन्न परिवारलाई आज हस्तान्तरण गरिएको छ ।
गतवर्ष प्रदेश सांसद बसन्त बानियाले शिलान्यास गरेका ती आवास गृहको निर्माण सम्पन्न गरी तोकिएका विपन्न परिवारलाई आज घरको साँचो हस्तान्तरण गरिएको हो । ती आवास गृहहरु प्रत्येकको निर्माण लागत कर बाहेक तीन लाख ३२ हजार ५०० रुपैयाँ परेको जनाइएको छ ।
यसैबीच, आज नै भद्रपुर नगरपालिका वडा नं ४ मा पक्की कल्भर्डको शिलान्यास गरिएको छ ।
निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमबाट विनियोजित २२ लाख ५० हजार रुपैयाँको लागतमा निर्माण हुनेगरी झापा क्षेत्र नं. ३ (क)का प्रदेशसभा सदस्य बानियाद्वारा आज उक्त कल्भर्टको शिलान्यास गरिएको हो ।
वडाध्यक्ष हंशधर राजवंशीको अध्यक्षतामा आयोजित कार्यक्रममा भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठ, उपप्रमुख चन्द्रमाया श्रेष्ठ, नेकपा नगर अध्यक्ष शिवकुमार राजभण्डारीले शुभकामना मन्तब्य राखेका थिए ।
वडा कार्यालयका सचिव मानबहादुर सुब्बाले सञ्चालन गरेको कार्यक्रममा सांसद बानियाले आफूले ल्याउने सबैखाले बजेटहरु जनताको आवश्यकताका क्षेत्रमा खर्चेर जनस्तर उकास्ने उद्देश्य रहेको प्रतिवद्धता सुनाए ।
Comments