ट्रान्स नेपाल फ्रेटल काँकरभिट्टाको सुख्खाबन्दरगाहको सञ्चालन गर्ने
Published:
by .काँकरभिट्टा । काँकरभिट्टास्थित सुख्खा बन्दरगाहको सञ्चालन तथा व्यवस्थापन तथ गर्ने ठेक्का एमरएस ट्रान्स नेपाल फ्रेट सर्भिसेस प्रालिले पाएको छ । इन्टर मोडल यातायात विकास समितिले आह्वान गरेको बोलपत्रमा सहभागि भएकाध्ये ट्रान्स नेपाल सर्भिसेसको प्राविधिक तथा आर्थिक प्रस्ताव मूल्यांकनबाट छनोट भएको हो । समितिले गत साउन ३२ गते सुख्खाबन्दरगाह सञ्चालन तथा व्यवस्थापनको लागि नयाँ टर्मिनल मेनेजमेन्ट कम्पनी छनोटको लागि प्रस्ताव आह्वान गरेको थियो ।
बोलपत्र प्रक्रियामा ५ वटा कम्पनी छनोट भएका थिए । समितिका कार्यकारी निर्देशक आशिष गजुरेल र एम÷एस ट्रान्स नेपाल फ्रेट सर्भिसेस प्रालीका प्रबन्ध निर्देशक मुकेशकुमार राठीबीच माघ १४ गते करार सम्झौतामा हस्ताक्षर गरेका छन् । कम्पनीले आगामी फागुन १ गतेदेखि सुख्खाबन्दरगाहको सञ्चालन तथा व्यवस्थापन गर्नेछ ।
यो कम्पनीले पाँच वर्षको जिम्मेवारी पाएको हो । कम्पनीले पाँच वर्षको पट्टाबहाल वापत १३ करोड २३ लाख रुपैयाँ समितिलाई उपलब्ध गराउने करार सम्झौतामा उल्लेख छ । यो बन्दरगाह भारतको कोलकत्ता बन्दरगाहबाट सबैभन्दा नजिक र नेपाल बंगलादेशबीचको ब्यापार प्रवद्र्धन गर्ने उद्देश्यले एसियाली विकास बैंकको ३९ करोड ३० लाख ऋण सहयोगमा निर्माण गरिएको हो । यो सुख्खाबन्दरगाहको निर्माण कार्य १५ जुन २०१० मा सकिएको थियो । यो बन्दरगाह निजी क्षेत्रबाट सञ्चालन तथा व्यवस्थापन गर्न विभिन्न मितिमा बोलपत्र आवहन गरेपनि २०६७ सालदेखि भने आन्तरिक व्यवस्थापनबाटै सञ्चालन भइरहेको थियो ।
नागरीकदैनिक
Comments