Sajhamanch Archive

प्रादेशिक सञ्चार प्रतिष्ठानका कार्यकारी निर्देशक शर्माद्वारा कार्यसम्पादन करार

Published: (Updated: ) in प्रदेश तह, राष्ट्रिय समाचार, समाज by .

विराटनगर । प्रादेशिक सञ्चार प्रतिष्ठान, प्रदेश १ का कार्यकारी निर्देशक यज्ञप्रसाद शर्मा र आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव राजेन्द्रकुमार पौडेलबीच कार्यसम्पादन सम्झौता भएको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्कीको उपस्थितिमा कार्यसम्पादन सम्झौता गरिएको हो । कार्यसम्पादन करारपछि प्रतिष्ठानले काम शुरुगर्ने कार्यकारी निर्देशक शर्माले बताएका छन् । उनले प्रशिक्षण कार्यविधि, सांगठानिक संरचना निर्माण लगायतका काम छिट्टै शुरु गरिने पनि जानकारी दिएका छन् ।

प्रतिष्ठानको नियमावलीमा कार्यसम्पादन करारपछि मात्रै प्रतिष्ठानको काम शुरुहुने व्यवस्था उल्लेख रहेको कार्यकारी निर्देशक शर्माको भनाई छ । सञ्चार प्रतिष्ठानले पत्रकारको क्षमतावृद्धि, सञ्चारगृह सम्बन्धी नीति निर्माण, पत्रकारिता क्षेत्रको विकासका लागि अध्ययन अनुसन्धान, सूचनाको हक र पत्रकार आचारसंहिता सम्बन्धी सचेतना अभिवृद्धि लगायतका काम गर्नेछ ।

प्रदेश सरकार मन्त्रिपरिषदको गत पुस ६ गतेको बैठकले वरिष्ठ पत्रकार शर्मालाई प्रादेशिक सञ्चार प्रतिष्ठानको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *