Sajhamanch Archive

रुख काटेर फल पनि लागेन, फूल पनि फूलेन भन्न नमिल्ने : अधिवक्ता बिडारी

Published: in राजनीति by .

काठमाडौं । राष्ट्रिय सभा सदस्य एवं अधिवक्ता रामनारायण बिडारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्लियमेन्ट फोयिबा भएको बताएका छन् । बिडारीले संवैधानिक अंगमा पदाधिकारी सिफारिस गरेर सुनुवाई गर्ने ठाउँ नै भत्काएको बहस गर्दै रुख काटेर फल पनि लागेन, फूल पनि फूलेन भन्न नमिल्ने बताए ।

प्रतिनिधिसभा विघटन विरुद्धको शुक्रबार संवैधानिक इजलासमा बहस गर्दै उनले संसद देखेपछि विघटन गरिदिने भएकाले प्रधानमन्त्री ओलीलाई पार्लियमेनट फोबिया भएको दाबी गरे ।

अधिवक्ता बिडारीले दलसँगको झगडा दलमा टुङ्ग्याउनेपर्ने बताउँदै प्रधानमन्त्रीले संसद्सँग खेलेको बताए । प्रतिनिधिसभाले प्रधानमन्त्री दिन नसके, विश्वासको मत प्राप्त गर्न नसके वा विश्वासको मत प्राप्त गर्न नसके मात्र विघटन हुने कानुनी व्यवस्था रहेको तर्क प्रस्तुत गरे ।

नेपालमा बसेपछि नेपालको कुरा गर्नुपर्ने र लिखित संविधानको कुरालाई प्राथमिकता दिनुपर्ने दलिल पेश गर्दै , ‘लिखित संविधान भएको देशमा अन्तर्राष्ट्रिय अभ्यासको कुरा गर्ने, आफ्नो संविधान नमान्ने अनि भारतको संविधान हेरेर नेपालमा प्रतिनिधिसभा विघटन गर्ने ?’

राष्ट्रिय हित विरुद्धको काम गर्नेविरुद्ध अदालतले पनि आफ्ना भनाइ राख्नुपर्ने बिडारीको भनाइ थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *