Sajhamanch Archive

राष्ट्रपति बाइडेनलाई कोरोना संक्रमण हुन नदिन ह्वाइट हाउसमा उच्च सतर्कता

Published: in परदेश (प्रवास) by .

७८ बर्षका जो बाइडेन अमेरिकाको सबैभन्दा बुढा राष्ट्रपति हुन्। यस्तो अवस्थामा उनको प्रशासनलाई बाइडेनलाई कारेना संक्रमणबाट बचाउनु एउटा ठूलो चुनौती भएको छ। जस कारण ह्वाइट हाउसमा धेरै नियमहरू परिवर्तन गरिएको हो। ह्वाइट हाउस का ५० प्रतिशत कामदारहरूलाई घरबाट काम गर्न भनिएको छ। कम संख्यामा उच्च अधिकारीहरूको सानो समूहलाई मात्र ह्वाइट हाउसमा बोलाइएको छ।

यद्यपि उनीहरूका लागि कोरोना सम्बन्धी नियम र कानूनको पालना पनि अनिवार्य गरिएको छ। मास्क लगाउने, सेनिटाइजरको प्रयोग गर्ने, सामाजिक दूरी कायम गर्ने आदि महत्त्वपूर्ण सुरक्षा उपायहरु अपनाउन भनिएको छ। ह्वाइट हाउसका प्रेस सचिव जेन साकीका अनुसार कार्यालयमा काम गर्ने कर्मचारीहरूलाई दैनिक कोरोना टेस्ट गरिनेछ।

उनका अनुसार व्हाइट हाउसका निर्देशक जेफ्री वेक्सलरलाई विशेष गरी कोरोना सम्बन्धी सुरक्षा दिशानिर्देशहरूको कार्यान्वयनको निरीक्षण गर्ने जिम्मा दिइएको छ। संक्रमण रोकथाम गर्न विशेष ध्यान दिइने छ। पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा व्हाइट हाउसमा तीन पटक कोरोना फैलिएको थियो।

यहाँसम्म कि ट्रम्प आफैं यसबाट संक्रमित भए। त्यसकारण कोरोना टेस्ट एलाईस्ट ब्यान्ड पनि ह्वाइट हाउसका कर्मचारीहरूका ड्रेस कार्डमा सामेल छ। राष्ट्रपतिका सबै कार्यक्रममा सामाजिक दूरीको विशेष व्यवस्था हुनेछ। उप(राष्ट्रपति कमला ह्यारिसले पनि बाइडेनसंग सामाजिक दूरीमा रहेर काम गर्नेछिन्। एक बैठकमा ५ जना भन्दा बढी व्यक्तिहरुको उपस्थित हुने छैन।

नागरिकदैनिक

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *