Sajhamanch Archive

झापा जिल्ला सहकारी संघको नेतृत्व चयनः कोषाध्यक्षमा चुनाव, अन्य १७ पद निर्विरोध र सर्वसम्मत

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, सहकारी by .

झापा । जिल्ला सहकारी संघ झापाको आगामी चार वर्षे कार्यकालका लागि कोषाध्यक्ष बाहेक सबै पदमा निर्विरोध र सर्वसम्मत विधिबाट नेतृत्व चयन गरिएको छ । कोषाध्यक्ष पदका लागि शनिबार भएको मतदान कार्यक्रमबाट ११९ मत प्राप्त गरी फराकिलो मतान्तरमा अर्जुन दङ्गाल विजयी भएका छन् ।

जिल्ला संघको निर्वाचनमा उम्मेदवारी दिँदा नै अध्यक्षमा गणेश ढकाल, वरिष्ठ उपाध्यक्षमा महेन्द्रकुमार गिरी, सचिवमा भवानीप्रसाद दङ्गाल र सहसचिवमा कृष्णप्रसाद मिश्र निर्विरोध चयन भइसकेका थिए ।

यसैगरी क्षेत्रीय सदस्यका रुपमा क्षेत्र नं. १ का लागि देवीमाया अधिकारी, क्षेत्र नं. ३ का लागि नवराज भट्टराई र क्षेत्र नं. ५ का लागि नारायणप्रसाद भट्टराई उम्मेदवारीकै चरणमा निर्विरोध निर्वाचित भए भने लेखा सुपरीवेक्षण समिति संयोजकमा चूडामणि ओझा पनि निर्विरोध निर्वाचित भएका थिए ।

मनोनयन पत्र दर्ता गराउने आकांक्षीहरुबीच नेतृत्वमा जानुपर्ने औचित्य र आवश्यकताका आधारमा छलफल र समन्वय पछि सर्वसम्मतको प्रक्रिया अघि बढेको थियो । जसअनुसार संघको उपाध्यक्षमा प्रेम कोइराला र चम्पादेवी खनाल सुवेदी सर्वसम्मत भए । यसरी नै खुल्ला सदस्यमा नारायणप्रसाद गौतम, ढुण्डीराज गुरागाईं र कृष्ण पौडेललाई सर्वसम्मत नेतृत्वमा ल्याइएको छ ।

यस्तै चन्द्रकला भण्डारी, विन्दाकुमारी थापा, चन्द्रकला अधिकारी, पुष्पा उप्रेती, क्षेत्र नं. २ बाट केशव बस्नेत र क्षेत्र नं. ४ बाट तिलकप्रसाद राजवंशी सर्वसम्मत सञ्चालक सदस्यमा निर्वाचित भएका छन् ।

लेखा सुपरीवेक्षण समितिको सदस्यमा प्रेमसागर सापकोटा सर्वसम्मत भएका छन् भने एकजना महिला सदस्यमा उम्मेदवारी नै नपरेपछि खाली राखिएको निर्वाचन परिणाम घोषणा गर्न जारी गरिएको सूचनामा उल्लेख छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *