Sajhamanch Archive

प्रतिनिधिसभा विघटनविरुद्ध आज दुईवटा रिटमाथिको बहस सकियो

Published: in राजनीति by .

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध आइतबार दुईवटा रिट निवेदनमाथिको बहस सकिएको छ ।

आइतबार संवैधानिक इजलासमा आठौं रिट निवेदनमाथिको बहस सकिएलगत्तै नवौं रिट निवेदनमाथि निवेदक पक्षको बहस सुरु भएको थियो ।

नै दशौं रिट निवेदनमाथिको बहससमेत सकिएको छ भने एघारौं रिटमाथि निवेदक पक्षको बहस सुरु भएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा १३ वटा रिट दायर भएका छन् । ती सबै रिटमाथि संवैधानिक इजलासमा सुनुवाई भइरहेको हो ।

निवेदक पक्षको बहस सकिएपछि सरकारका तर्फबाट बहस हुनेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *