Sajhamanch Archive

केन्द्रीय प्रशारण लाईन लोमान्थाङमा

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by .

मुस्ताङ । मुस्ताङको उपल्लो क्षेत्र लोमान्थाङ तथा लो–घेकर दामोदरकुण्ड गाँउपालिकाका बस्तीमा केन्द्रीय प्रशारण लाइनको बिजुली पुगेको छ । केन्द्रीय प्रशारण लाईन जोडिएसँगै मुस्ताङको उपल्लो क्षेत्रका घर घरमा बिजुली पुगेको हो ।

लोमान्थाङ क्षेत्रमा विभिन्न ११ वटा टान्सफर्मर मार्फत बिजुली वितरण गरिएको छ । छोसेरदेखि माथिको क्षेत्रमा भने बिजुली पुगेको छैन् । अधिकांश बस्ती भएका ठाँउहरुमा बिजुली पुगिसकेको नेपाल विद्युत प्राधिकरणका इन्जिनियर एवं तातोपानी वितरण केन्द्र म्याग्दीका प्रमुख सुनिल सापकोटाले बताए । ‘लोमान्थाङको अधिकांश ठाँउमा बिजुली जडान भईसकेको छ । घर घरमा मिटर समेत जडान गरिसकिएको छ ,’ उनले जानकारी दिए । उनका अनुसार २५ केभिएका ८, ५० केभिएका २ र १०० केभिएका एक ट्रान्सफर्मर राखिएको छ ।

बिजुली पुगेपनि घर घरमा सोलार राखिएको छ । गाउँलेले बिजुली भन्दा पनि सोलार भरपर्दो मान्ने गरेका छन् । लोमान्थाङ क्षेत्रमा विद्युतीकरण गर्न केन्द्रीय विद्युत प्राधिकरण तथा गण्डकी प्रदेश सरकारले बजेट विनियोजन गरेपछि यसै आर्थिक वर्षमा विजुली गाँउ गाँउमा पु¥याइएको हो । प्राधिकरणले गत वर्ष सवा करोड बजेट मार्फत काम गरिएको थियो ।

‘गण्डकी प्रदेश सरकारले मुस्ताङमा विद्युतीकरणको लागि १० करोड९अनुमानित० बजेट छुट्टाएको थियो’ कार्यालय प्रमुख सापकोटाले भने, ‘त्यस अन्तर्गत उपल्लो मुस्ताङको लागि ५ करोड रुपैयाँ खर्च भएको छ ।’ उनका अनुसार तीन प्याकेजमा गरी काम गरिएको थियो । पहिलो प्याकेजमा ३ करोड ६८ लाख रुपैयाँको काम गरिएको थियो । दोस्रो प्याकेजमा १ करोड ६५ लाख र दुई करोड ७९ लाखको काम हुदैं छ । लकडाउनकै समयमा सामान ढुवानीमा खर्च गरिएको थियो ।

गण्डकी प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयको तथ्यांक अनुसार लागत इष्टिमेट अनुसार ७ करोड ७७ लाख रुपैयाँमा ६ करोड ९१ लाख रुपैयाँ विद्युतीकरणको लागि खर्च भएको छ । लोमान्थाङ र लो–घेकर दामोदरकुण्ड गाँउपालिकामा विद्युतको पोल, तार तथा ट्रान्सफर्मरमा खर्च गरिएको मन्त्रालयका सिनियर डिभिजन इन्जिनियर हरिदत्त पौडेलले बताए । म्याग्दीको दानास्थित केन्द्रीय प्रशारण लाईनको विद्युत सब स्टेशन ग्रिडमा जोडिएको थियो ।

बजेटबाटै केन्द्रीय प्रशारण लाईन विस्तार गर्ने र शाखा लाईन घरमा जडान गर्ने विस्तार समेत गरिएको थियो । केही ठाँउमा प्रशारण लाईनबाट घर घरमा पु¥याउने सब९शाखा० लाईन विस्तारको काम बाँकी रहेको छ । घेताङ्गेमा विजुलीको तार तान्न भने बाँकी रहेको गण्डकी प्रदेश सदस्य इन्द्रधारा विष्टले जानकारी दिए । छुसाङबाट घिलिङ हुदैं चराङसम्म तानिएको छ । घिलिङसम्म तार तान्ने काम मुस्ताङ जिल्लाले गरेको थियो । घिलिङबाट चराङसम्म लो–घेकर दामोदरकुण्ड गाँउपालिकाले तानेको हो । चराङबाट लोमान्थाङको आर्मी क्याम्प रहेको थुलुङसम्म तानिएको छ । केन्द्रीय प्रशारण लाईन जोडिएपछि हिउँद र वर्षामा विजुलीकै अभाव झेल्नुपर्ने बाध्यता भने अब हुदैन्,’ विष्टको भनाई थियो ।

लोमान्थाङकै वडा नं ५ मा भने विद्युतीय तारलाई अण्डरग्राउण्ड गरिएको छ । दृष्य प्रदुषण नहोस भन्ने उद्देश्यले तार अण्डर ग्राउण्ड गरिएको हो । सामरिक महत्वको लोमान्थाङको वडा नं ५ नेपालकै पहिलो विजुलीको तार अण्डरग्राउण्ड गरिएको वडा हो । वडा नं ५ मा ऐतिहासिक लोमान्थाङ दरबार छ । उपल्लो मुस्ताङमा झण्डै ७ सय घरपरिवार बसोबास छ ।

नागरीकदैनिक

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *