Sajhamanch Archive

सामाजिक अगुवा पर्शु सिटौलाको हृदयघातका कारण मृत्यु

Published: in मुख्य समाचार, समाज, सहकारी by .

बिर्तामोड । बुधबार दिनभर विराट बहुउद्देश्यीय सहकारी संस्थाले स्थाना गर्न लागेको सहकारी पसलका लागि अन्य सहकारीले सञ्चालन गरेका पसलहरुको अवलोकन गरी घर फर्केका पर्शुराम सिटौलाको साँझ ८ बजे निधन भएको छ । ५५ वर्षी सिटौला सामाजिक तथा राजनीतिक क्षेत्रका अगुवा कार्यकर्ता थिए ।

दिनभर ठट्टा रमाइलो गर्दै सात–आठजना सहकारीकर्मी एउटै स्कार्पियोमा चढेर सहकारी पसल अवलोकन गरी फर्केका सिटौलालाई बेलुका साढे ७ बजेतिर बान्ता भएको पारिवारिक स्रोतले बताएको छ । नाक र मुखबाट रगतसरिको वान्ता हुन थालेपछि उपचारका लागि अस्पताल लगिएको थियो ।

राति साढे ७ बजे शौचालय जाँदा नाक र मुखबाट अचानक रगत बगेर बेहोस भएका उनलाई उपचारका लागि बि एण्ड सी अस्पताल पुर्याए लगत्तै चिकिस्तकले मृत्यु भइसकेको घोषणा गरेको विराट बहुउद्देश्यीय सहकारी संस्थाका सचिव रुद्र सिटौलाले जानकारी दिएका छन् । चिकित्सकका अनुसार सिटौलाको मृत्यु हृदयघातका कारण भएको हो ।

सामाजिक क्षेत्रमा अग्रणी भएर काम गरिरहेका सिटौला झापा केन्द्रित विभिन्न संघ–संस्थाको नेतृत्वदायी भूमिकामा क्रियाशील थिए । उनी बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपाध्यक्ष, विराट बहुउद्देश्यीय सहकारी संस्थाको उपाध्यक्ष, अनारमनी पव्लिक क्याम्पसको उपाध्यक्ष, विराट भरत विश्रान्तिको कोषाध्यक्ष, सिटौला सेवा समाजको निवर्तमान अध्यक्ष लगायतका पदमा रहेर सामाजिक क्षेत्रमा क्रियाशील थिए ।

सामाजिक अभियन्ता सिटौलाको असामयिक निधनले स्थानीयहरु दुखी भएका छन् । उनको नेतृत्वमा हालै बिर्ताबजारको दुर्गा मन्दिर नयाँ बनाइएको थियो । दिवंगत सिटौलाका श्रीमती, दुई छोरीहरु र एक छोरा छन् । उनको आज दिउँसो ११ बजे कन्काई माईमा अन्त्येष्टी गरिने परिवारले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *