आज विश्व क्यान्सर दिवस मनाइँदै
Published:
by .झापा। आज विश्व क्यान्सर दिवस ,नेपालमा पनि विविध कार्यक्रमका साथ मनाइँदैछ । क्यान्सरसम्बन्धि जनचेतना फैलाउने उद्देश्यले हरेकको वर्ष फेब्रुअरी ४ मा यो दिवस मनाउने गरिएको छ ।
विश्वमा प्रत्येक वर्ष १ करोड ८१ लाख मानिसलाई क्यान्सर रोग लाग्ने गरेको विश्व स्वास्थ संगठनको तथ्यांकमा जनाइएको छ । जसमध्ये करिब ८० लाख मानिसको मृत्यु हुने गरेको छ ।
नेपालमा प्रतिवर्ष २६ हजार मानिसमा क्यान्सर लाग्ने गरेको बताइएको छ । तीमध्ये १९ हजारको मृत्यु हुने गरेको छ । हाल नेपालमा करिब ६० हजार क्यान्सरका बिरामी रहेको अनुमान गरिएको छ ।
नेपालमा सबैभन्दा बढि देखिनेमा फोक्सोको क्यान्सर रहेको नेपाल अर्बुद रोग निवारण संस्थाको तथ्यांकले देखाएको छ । त्यसपछि आन्द्रा, पेट, स्तन, पाठेघरको मुख र डिम्बासयको क्यान्सरका बिरामी धेरै छन् । २२ प्रतिशत क्यान्सर भने धुमपानका कारण हुने गरेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
नेपालमा समयमै रोग पहिचान नहुनु र उपचारको पहुँच कम हुनु क्यान्सर नियन्त्रणको मुख्य चुनौती रहेको विशेषज्ञहरु बताउँछन् ।
Comments