घुर ताप्ने क्रममा ७५ वर्षीया महिलाको मृत्यु
Published:
by .सप्तरी । घुर बालेर आगो ताप्ने क्रममा शरीरमा आगो सल्किँदा सप्तरीमा एक महिलाको ज्यान गएको छ। सप्तरी सुरूङ्गा नगरपालिका(२ की ७५ वर्षीया कमलीदेवी पासवानको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार बिहीबार राति साढे ८ बजे आगो ताप्ने क्रममा उनले लगाएको सारीमा आगो सल्केको थियो। उनको कम्मरमुनि दुबै खुट्टा, घाँटी र ढाड जलेको थियो।
उपचारका लागि उनलाई रामकुमार उमाप्रसाद स्मारक अस्पताल लगिएको थियो।
उपचारका क्रममा महिलाको शुक्रबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।
Comments