कोरोनाका कारण थप दुईजनाको मृत्यु, १५० जनामा संक्रमण
Published:
by .काठमाडौं । पछिल्लो चौबीस घण्टामा कोरोना संक्रमणका कारण दुईजनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या दुई हजार ३५ पुगेको छ ।
गएको चौबीस घण्टामा दुई हजार ७९९ जनाको पीसीआर परीक्षण गरिएकोमा १०५ जनाको रिपोर्ट पोजेटिभ आएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७१ हजार ७०७ पुगेको छ ।
त्यस्तै, गएको चौबीस घण्टामा २७२ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ६७ हजार ५६४ पुगेको छ ।
हाल क्वारेन्टिनमा ९२ जना छन् भने आइसोलेसनमा दुई हजार १०८ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
बाह्रखरी
Comments