Sajhamanch Archive

भारतीय विदेशमन्त्रीले विश्व चर्चित सेलिब्रिटीको ट्वीटपछि दिए स्पष्टीकरण

Published: in विश्व समाचार by .

काठमाडौं । भारतमा कृषि कानुनविरुद्ध केही समययता किसानहरुको आन्दोलन जारी भएको छ । उक्त आन्दोलनको समर्थनमा विश्व चर्चित सेलिब्रिटीहरुले ट्वीट गरेका छन् । सेलिब्रिटीको धारणाप्रति भारतले प्रतिक्रिया जनाएको छ ।

पपस्टार रिहाना, पर्यावरण अभियन्ता ग्रेटा थनबर्ग र अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसका नातेदार मीरा ह्यारिसले किसान आन्दोलनको समर्थनमा ट्वीट गरेका थिए । त्यसपछि विश्वभरको मिडियामा उक्त आन्दोलनको समाचारले प्राथमिकता पाएको छ ।

भारतका विदेशमन्त्री एस जयशंकरले सेलिब्रिटीका ट्वीटप्रति टिप्पणी गरेका छन् । यस विषयमा सेलिब्रिटीहरुलाई धेरै कुरा थाहा नभएको जयशंकरले बताएका हुन् । केही सेलिब्रिटीले यस विषयमा धेरै कुरा थाहा नभएकोले आफ्नो धारणा सार्वजनिक गरेको उनको भनाइ छ । सोही कारण विदेश मन्त्रालयले प्रतिक्रिया जनाउनुपरेको उनले उल्लेख गरेको बीबीसीमा जनाइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *