कोरोना प्रभावित पत्रकारलाई तत्काल राहत प्याकेज ल्याउने : सञ्चारमन्त्री गुरुङ
Published:
by .काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले कोभिड–१९ बाट प्रभावित श्रमजीवी पत्रकारहरुलाई राहत प्याकेज ल्याउने घोषणा गरेका छन् । उनले आवश्यक सुुझाव दिन पनि नेपाल पत्रकार महासंघसहित सरोकारवाला निकायलाई आग्रह गरे ।
‘‘कोभिड प्रभावित सञ्चारगृह र श्रमजीवी पत्रकारहरुलाई तत्काल राहत दिनका लागि आवश्यक सुुझाव दिन म पत्रकार र पत्रकारहरुको संघ–संगठन सबैलाई आग्रह गर्दछुु,’’ सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुुरुङले भने, ‘‘सरोकारवाला निकायले दिएको सुुझावको आधारमा सरकारले राहत कार्यक्रम ल्याउनेछ ।’’
मन्त्री गुरुङले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटबारे मन्त्रालयलाई सुुझाव दिन सरोकारवाला निकायलाई जिकिर गरे ।
सञ्चार मन्त्रालयद्वारा आइतबार काठमाडौंमा आयोजित ‘आमसञ्चार र श्रमजीवी पत्रकार नीति, कार्यक्रम र बजेट’ विषयक छलफल कार्यक्रममा बोल्दै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटबारे समयमै सुुझाव दिन आग्रह गरेका हुन् । सरकार प्रेस स्वतन्त्रताको पक्षमा दृढ रहेको पनि उनले बताएका छन् ।
Comments