राष्ट्रिय प्रजातन्त्र पार्टी झापामा नयाँ समिति गठन
Published: (Updated: )
by .झापा । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा बिर्तामोड वाड ९ को अधिबेशन तथा चुनाव चिन्ह अनावरण गरेको छ । देबराज नेपालको अध्यक्षता रहेको कार्यक्रममा नगर कमिटी अध्यक्ष शंकरप्रसाद रिजाल, उपाध्यक्ष प्रकाश बुढाथोकी, सचीव डिल्लीराम पौडेलले पार्टीको आगामी रणनीति र गतिविधिकोबारेमा आ आफ्नो धारण राखेका थिए।
नवगठित समितिको अध्यक्षमा कर्ण बहादुर कार्की उपाध्यक्ष मनमाया तामाङ, सचीव कृष्णप्रसाद अधिकारी, कोषाध्याक्ष मेनुका राई, सदस्य गोबिन्द राजंबशीसहित ३१ सदस्यीय नयाँ कार्य समिती गठन गरिएको नगर कमिटी उपाध्यक्ष बुढाथोकीले बताए ।
मेनुका राईको स्वागत रहेको कार्यक्रमको संचालन सचीव अधिकारीले गरेका थिए।
Comments