एनएमसीबाट गोरे प्रधानका परिवारलाई राहत रकम हस्तान्तरण
Published:
by .बिर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्था झापाले आफ्ना एकजना शेयर सदस्यको मृत्युमा परिवारजनलाई भेटेर सान्त्वनासहित राहत रकम प्रदान गरेको छ ।
बिर्तामोड कार्यालय अन्तरगत इकाई नं. १ का सदस्य गोरे प्रधानको माघ २० गते ५७ वर्षको उमेरमा निधन भएको थियो । उनको परिवारजनलाई भेटेर समवेदना अर्पण गर्दै एनएमसीले आज ५० हजार रुपैयाँ राहत प्रदान गरेको हो ।
संस्थाका सञ्चालक सदस्य डम्बरबहादुर बस्नेत नेतृत्वमा बिर्तामोड कार्यालयगत उपसमितिका सदस्य गोपाल काफ्ले र पदमप्रसाद सुवेदी एवम् इकाईका संयोजकसहित सदस्य र कर्मचारीहरु बिर्तामोड बसपार्कस्थित प्रधान निवास गएर राहत प्रदान गरेको हो ।
प्रधान परिवारमा समवेदना र राहत रकम प्रदान गर्दै सञ्चालक सदस्य बस्नेतले जीवनका सबै आरोह अवरोहमा एनएमसी सदस्यको साथमा रहनेगरेको सुनाए । उनले सहकारीमा सदस्यको योगदानको आधारमा राहत सुविधा प्रदान गर्ने गरेको पनि अवगत गराए ।
मिर्गौला रोग लागेर थलिएका स्वर्गीय प्रधानको उपचारका लागि यसअघि एनएमसीले २५ हजार रुपैयाँ प्रदान गरेको बिर्तामोड कार्यालयका अपरेशन इन्चार्ज राकेश हरिजनले बताएका छन् ।
Comments