Sajhamanch Archive

सुरक्षित इन्टरनेट दिवस आज मनाइँदै

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, विश्व समाचार, शिक्षा, समाज by .

झापा । आज सुरक्षित इन्टरनेट दिवस मनाइँदै छ ।

अनलाइन जोखिम र सुरक्षित इन्टरनेटबारे सचेतना जगाउन हरेक वर्ष विश्वभर फेब्रुअरीको पहिलो हप्ता सुरक्षित इन्टरनेट दिवस मनाउने गरिन्छ । नेपालसहित १७० भन्दा धेरै देशमा यो दिवस मनाउन लागिएको छ ।

सुरक्षित इन्टरनेट दिवस बालबालिका र युवाका लागि अनलाइन दुर्व्यवहार र शोषणबाट सुरक्षित राख्ने उद्देश्यले नेपालमा सन् २०१९ देखि मनाउन थालिएको हो ।

नेपालमा यो वर्ष सुरक्षित इन्टरनेट दिवस मनाउन राष्ट्रिय समन्वय समितिसमेत गठन गरिएको छ । बालबालिका र युवाका लागि अनलाइन दुर्व्यवहार र शोषणबाट सुरक्षित राख्न कार्यरत संस्था चाइल्डसेफनेटले सन् २०१९ देखि नेपालमा सुरक्षित इन्टरनेट दिवस मनाउन गरेको  छ ।

युरोपेली आयोग तथा युरोपभरिका राष्ट्रिय सुरक्षित इन्टरनेट केन्द्रहरूको सहयोगमा इन्सेफ तथा इनहोम नामक संस्थाहरूद्वारा संयुक्त रूपमा संयोजन गरिने तथा साझेदार संस्थाहरुसँग सहकार्य र समन्वय गर्दै आएको छ ।

सुरक्षित इन्टरनेटबारे सचेतना जगाउन बालबालिकाकोे लागि काम गर्ने संघसंस्थाले अपिल भिडियो, पोस्टकार्ड, युट्युब, भ्लग, सोसल मिडिया पोष्ट, डिजिटल पोस्टर र बालमैत्री सञ्चार सामग्री उत्पादन र प्रचार गरी सुरक्षित इन्टरनेट दिवस मनाउने योजना बनाएका छन् ।

यस दिवसले प्रविधिको सकारात्मक प्रयोगसम्बन्धी जानकारी प्रकाशमा ल्याउन तथा राम्रो एवं सुरक्षित अनलाइन समुदाय सिर्जना गर्नका लागि हामीले निर्वाह गर्नसक्ने भूमिकाको खोजी गर्नका लागि अवसर उपलब्ध गराउँछ ।

यसकासाथै साइबर सुरक्षाबारे प्रशिक्षण, प्यानल छलफलहरू पनि सञ्चालन हुने भएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *