ताप्लेजुङ केन्द्रविन्दु भएर ५.४ रेक्टर स्केलको भूकम्प
Published:
by .काठमाडौं । आज बिहानै ताप्लेजुङमा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार फक्ताङलुङ गाउँपालिका ७ ओलाङचुङगोलामा केन्द्रविन्दु भएर बिहान ७ ; ३५ बजे ५.४ रेक्टर स्केलको भूकम्प गएको हो ।
भूकम्पको केन्द्रविन्दु भएको ओलाङचुङगोला चीनसँगको सिमाना हो । भूकम्पको धक्का भने जिल्लाको सदरमुकामसम्म महसुस भएको थियो ।
ताप्लेजुङ आसपासको क्षेत्रमा घरहरु हल्लिएको भए पनि के कति क्षति भए नभएको यकिन विवरण भने आइसकेको छैन ।
अनलाइनखबर
Comments