Sajhamanch Archive

चालु आर्थिक वर्षको बजेट संशोधन, ९१.१९ प्रतिशत मात्र खर्च हुने

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार by .

काठमाण्डौ । सरकारले चालु आर्थिक वर्षको बजेट संशोधन गरेको छ । बजेटको मध्यावधि समीक्षामार्फत अर्थ मन्त्रालयले १३ खर्ब ४४ अर्ब ६८ करोड खर्च हुने अनुमान गरेको छ । यो कुल विनियोजनको ९१ दशमलव १९ प्रतिशत हो ।

संशोधित खर्चमध्ये चालुतर्फ नौ खर्ब १४ अर्ब ७८ करोड र पुँजीगततर्फ दुई खर्ब ८३ अर्ब चार करोड रुपैयाँ खर्चको अनुमान गरेको छ । यस्तै वित्तीय व्यवस्थातर्फ एक खर्ब ४६ अर्ब ८६ अर्ब रुपैयाँको अनुमान रहेको छ ।

साथै राजस्व सङ्कलनको लक्ष्य पनि संशोधन गरेर १० खर्ब ७४ अर्ब ६८ करोड रुपैयाँमा झारिएको छ । अनुदानतर्फ ३५ अर्ब र वैदेशिक ॠणतर्फ दुई खर्ब २५ अर्बको अनुमान गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।

यो अनुमान गर्दा वैशाखमा घोषणा गरिएको चुनाव, कोरोना भाइरसविरुद्धको खोप, अनिवार्य खर्चलगायतलाई आधार मानेर संशोधन गरेको मन्त्रालयले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *