Sajhamanch Archive

कर्णाली साकोसको अर्धवार्षिक समीक्षा बैठक मंगलबार सम्पन्न

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, सहकारी by .

झापा । झापाको बिर्तामोड ४ मा मुख्य कार्यालय रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाले आज मंगलबार अर्धवार्षिक प्रगति समीक्षा बैठक सम्पन्न भएको छ ।

समीक्षा बैठकमा आर्थिक वर्ष २०७७ को साउनदेखि पौष मसान्तसम्मको अर्धवार्षिक प्रगति विवरणहरु प्रस्तुत गरिएको थियो । संस्थाका अध्यक्ष टसबहादुर श्रेष्ठको अध्यक्षतामा समीक्षा बैठक भएको थियो ।

सो बैठकमा संस्थाका २३ वटै शाखाले गरेका प्रगतिहरुको प्रतिवेदन प्रस्तुत गरेका थिए । सेवा केन्द्र प्रमुखहरुले प्रस्तुत गरेको वित्तीय कारोबार एवम् सामाजिक सेवा कार्यहरुबारे छलफल गर्दै सुझावहरु पनि दिइएको थियो ।

बैठकमा प्रस्तुत प्रतिवेदन अनुसार पौष मसान्तमा संस्थाले ३० करोड ४८ लाख ७१ हजार ७५० रुपैयाँ शेयर पुँजीे पुर्याउने लक्ष्य राखेकोमा ३१ करोड ६३ लाख २२ हजार ७०० रुपैयाँ पुर्याएको छ । शेयर पूँजी बृद्धि गर्न केन्द्रीय कार्यालयसहित सबै शाखाहरुले पनि लक्ष्य अनुरुप काम गरेको बैठकमा जनाइएको छ ।

पौष मसान्तसम्म कर्णाली साकोसले चार करोड एक लाख ११ हजार ४४८ रुपैयाँ नाफा गर्ने लक्ष्य राखेकोमा पाँच करोड ३१ लाख दुई हजार ७१६ रुपैयाँ प्रगति गरेको बताइएको छ । उक्त नाफा लक्ष्यको १३२ प्रतिशतले वृद्धि भएको लेखा विभागका डिल्लीराम बस्नेतले जनाए ।

ऋण लगानी पनि लक्ष्यको १०५ प्रतिशतले वृद्धि भएको जनाइएको छ । जसअनुसार पौष मसान्तसम्म संस्थाको लगानी दुई अर्ब ३१ करोड ५८ लाख पुर्याइएको छ । यस्तै निक्षेपमा पनि १०६ प्रतिशतले वृद्धि गरिएको छ । साउनदेखि पौषसम्म बचत हिसाबमा एक अर्ब २५ करोड ८१ लाख रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *