Sajhamanch Archive

एनएमसीबाट भण्डारी परिवारलाई ७५ हजार राहत रकम हस्तान्तरण

Published: in समाज, सहकारी by .

बिर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्था चारपाने कार्यालय अन्तरगतका एकजना शेयर सदस्यको मृत्युमा उनको परिवारलाई ७५ हजार रुपैयाँ राहत रकम प्रदान गरिएको छ । संस्थाको सदस्य राहत नीतिमा कुनै दम्पत्तीको शेयर रकम १० हजार रुपैयाँभन्दा बढी भए श्रीमान वा श्रीमतीको मृत्युमा ७५ हजार रुपैयाँ राहत दिने उल्लेख छ ।

संस्थाको चारपाने कार्यालय अन्तरगत इकाई नं. ३ का सदस्य रंगलाल भण्डारीको गत माघ २२ गते ७५ वर्षको उमेरमा निधन भएकोले एनएमसी सदस्य राहत नीति अनुरुप उक्त रकम प्रदान गरिएको संयोजक कविता पौडेलले जानकारी दिएकी छन् । स्वर्गीय रंगलालसहित उनकी पत्नी विष्णुमाया भण्डारी एनएमसीमा १० हजार रुपैयाँभन्दा बढी शेयर रहेका सदस्य हुन् ।

आज भण्डारी परिवारजनलाई भेटेर समवेदना अर्पण गर्दै एनएमसीले ७५ हजार रुपैयाँ राहत प्रदान गरेको इकाई संयोजक पौडेलले बताइन् । संस्थाको चारपाने कार्यालयगत उपसमितिका संयोजक तुलसीप्रसाद दाहाल, सदस्य सिता बस्नेत खड्का, कार्यालय प्रमुख दिपक भट्टराई, इकाई संयोजक पौडेलसहित कर्मचारीहरु चारपानेस्थित भण्डारी निवास गएर राहत प्रदान गरेका हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *