करेन्ट लागेर महोत्तरीमा एक जनाको मृत्यु
Published:
by .महोत्तरी । महोत्तरीमा करेन्ट लाग्दा एक जनाको ज्यान गएको छ ।
करेन्ट लागेर ५५ वर्षका राजुकुमार मगरको ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।
हिजो राति घर प्लास्टर गर्ने क्रममा करेन्ट लाग्दा मगर गम्भीर घाइते भएका थिए । उनको आज बिहान जनसेवा अस्पताल बर्दिवासमा उपचारको क्रममा ज्यान गएको हो ।
Comments