Sajhamanch Archive

पूर्वाधार क्षेत्रमा लगानी गर्न १० अर्ब रुपैयाँको कोष सञ्चालन

Published: in अर्थतन्त्र by .

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अग्रसरतामा पूर्वाधार क्षेत्रमा लगानी गर्ने गरी १० अर्ब रुपैयाँको कोष सञ्चालनमा ल्याइने भएको छ । त्यसका लागि एनआरएनएले छुट्टै कम्पनी दर्ताको कार्य अघि बढाएको जानकारी दिएको छ ।

नेपाल सरकारका तर्फबाट अर्थ मन्त्रालयमा बिहीबार बसेको बैठकमा यसरी स्थापना हुने कम्पनीमार्फत उक्त कोषमा पूर्वसहमतिबमोजिम ५ प्रतिशत लगानी गर्ने निर्णय भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले तत्काल उक्त कोष सञ्चालन गर्न रकमसहित आवश्यक अन्य सहयोग गर्ने प्रतिबद्धता जनाए ।

उनले एक साताभित्र कम्पनी दर्ता प्रक्रिया टुंगो लगाएर काम सुरु गर्न एनआरएनएका अध्यक्ष कुमार पन्तलाई आग्रह गरे । अहिले कम्पनी दर्ताको प्रक्रियामा रहेको र छिट्टै काम सुरु हुने अध्यक्ष पन्तले बताए । पन्तका अनुसार कम्पनीमा एनआरएनएको १० प्रतिशत सेयर रहनेछ ।

साथै विदेशमा रहेका नेपालीहरूको सेयर ८५ प्रतिशत हुनेछ । गैरआवासीय नेपालीहरूलाई लगानीका लागि आईपीओ जारी गरिनेछ । लगानीका क्षेत्रहरूबारे पनि प्रस्ताव आइसकेको पन्तले जानकारी दिए । विदेशमा रहेका नेपाली नेपालमा पूर्वाधारको क्षेत्रमा लगानी गर्न उत्सुक रहेको उनले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *