Sajhamanch Archive

मरणोपरान्त शरीर दान गर्ने जोशी दम्पत्तिको निर्णय

Published: in समाज by .

काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशी र उनकी पत्नी राधादेवी जोशीले मृत्यु पश्चात् आफ्नो शरीर दान दिने भएका छन् ।
मृत्युपछि आफूहरुको शरीर किस्ट अस्पतालद्वारा सञ्चालित मेडिकल कलेजलाई दान गर्ने निर्णयमा पुगेको जोशीदम्पत्तिले बताए । किस्ट अस्पतालले जोशी दम्पत्तिको निःशुल्क हेरचाह गरिरहेको छ ।

औषत् उमेरमा मृत्यु हुने मान्छेको शरीरको अध्ययन भइरहेको भएपनि १०० वर्ष उमेर कटिसकेको अवस्थामा शरीरको अवस्था कस्तो हुँदोरहेछ ? भन्ने जानकारी मिलोस् भनेर पनि दान गर्न लागिएको उनले पष्ट पारे ।

‘संस्कृतमा एउटा श्लोक छ जीवेम शरदं शतम्’ भन्ने, सोही अनुसार पनि म १०० वर्ष त बाँचिसकेँ । यति समयसम्म मेरो फोक्सोको अवस्था कस्तो थियो ? मुटुको अवस्था कस्तो छ ? सबै जानकारी चिकित्सा क्षेत्रका विद्यार्थीहरुले अध्ययन गरेर पत्ता लगाऊन् भन्ने उद्देश्यले मृत्युपछि अरू सबै संस्कार गरिसकेपछि शरीर दान गर्न लागेका हौं’ जोशीले भने ।

यसबारे औपचारिक घोषणाका लागि शुक्रबार अपराह्न साढे एक बजे ललितपुर महानगरको कार्यालय पुल्चोकमा कार्यक्रम राखिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *