Sajhamanch Archive

झापा बारको नेतृत्व अधिकारीको काँधमा

Published: in समाज by .

भद्रपुर । नेपाल बार एशोसिएसन झापाको हिजो सम्पन्न मनोनयन दर्ता प्रक्रियाबाट सर्वसम्मत नयाँ नेतृत्व चयन गरिएको छ । निर्वाचनमा प्रजातान्त्रिक कानुन व्यावसायी पक्षका हरि अधिकारीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको हो ।

चन्द्रगढीमा सम्पन्न कानुन व्यावसायीहरुको भेलामा अन्तिम नामावली प्रकाशनमा अधिकारी नेतृत्वको टिमले मात्र मनोनयन दर्ता गरेसँगै निर्विरोध निर्वाचित भएको हो ।

झापा बारको २ वर्षे कार्यकालका लागि निर्वाचित एशोसिएसनको उपाध्यक्षमा कमला आचार्य, सचिवमा हेमकला कट्टेल, सहसचिवमा देवीकुमारी निरौला र कोषाध्यक्षमा खगेन्द्र खरेल रहेका छन् ।

बारका निर्वाचित सदस्यहरुमा क्रमश ज्ञानेन्द्रबहादुर कार्की, यज्ञलक्ष्मी चौंलागाई, चेतनाथ आचार्य, लेखनाथ निरौला, मोहनकुमार अधिकारी, विजय ढुङ्गाना, तारादेवी बाराकोटी र उमाकान्त पोखरेल रहेको निर्वाचन समितिका संयोजक सुरज खत्रीले जानकारी दिए ।

त्यसैगरी रामबहादुर थापा, शुरेशकुमार पोखरेल, प्रेमप्रसाद बिमली, बेनुप्रसाद सिटौला, नारायणप्रसाद चौंलागाई, असारुलाल राजवंशी र डम्बरबहादुर कार्र्कीलाई केन्द्रीय पार्षदमा छनोट गरिएको समितिले जनाएको छ ।

झापा बारमा प्रजातान्त्रिक कानुन व्यावसायी र प्रगतिशिल कानुन व्यावसायीबीच नेतृत्व छनौट लगायतका कतिपय पदहरुमा कार्यगत एकता गर्ने प्रचलन भएसँगै आलोपालोको पद्धतीबाट सहमतिमा कार्य समिति चयन गर्ने परम्परा निरन्तर रहदै आएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *