Sajhamanch Archive

प्रिमियर लिग ; म्यानचेस्टर सिटीले टोटनह्यामलाई ३.० गोलले हरायो

Published: in खेलकुद by .

काठमाण्डौ । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले टोटनह्याम हटस्परलाई ३–० गोलले पराजित गरेको छ ।

गएराति भएको खेलमा नवौँ स्थानमा रहेको टोटनह्यामलाई हराउँदै म्यानचेस्टर सिटीले अङ्क जोड्दै ५३ अङ्क बनाएको छ । यस्तै गएराति नै भएको अर्को खेलमा दोस्रो स्थानमा रहेको लिसेस्टर सिटीले लिभरपुललाई ३–१ गोलले पराजित गरेको छ । लिसेस्टरले आफ्नो अङ्क सुधार गर्दै ४६ अङ्क बनाएको छ ।

यस्तै गएराति नै भएको अर्को खेलमा १६ औँ स्थानमा रहेको बर्नलीले १३ औँ स्थानमा रहेको क्रिष्टल प्यालेसलाई ३–० गोलले पराजित गरेको छ । जितसँगै बर्नलीको २६ अङ्क भएको छ । यस्तै गएराति नै ब्राइटन र एस्टोन भिल्लाबीचको खेल गोलरहित बराबरीमा सकिएको छ ।

उज्यालोबाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *