Sajhamanch Archive

अधिवक्ता पोख्रेललाई प्रधानन्यायाधीशको प्रश्न, यो केपी ओलीको सरकार कि नेकपाको ?

Published: (Updated: ) in राजनीति by .

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले अहिले सरकार केपी ओलीको कि नेकपाको भन्दै प्रश्न गरेका छन् ।

सर्वोच्च अदालतको संवैधानिक इजलासमा निवेदकको पक्षबाट जवाफी बहस गरिरहेका अधिवक्ता दीनमणि पोख्रेललाई प्रधानन्यायाधीश राणाले यस्तो प्रश्न गरेका हुन् । जवाफमा पोख्रेलले यो नेकपाकै सरकार भएको बताए ।

त्यसपछि इजलासबाट ७६ (१) को सरकारको विकल्पमा अर्को सरकार संसद्‌बाट बन्ने अवस्थाबारे प्रश्न गरिएको थियो । अधिवक्ता पोख्रेलले अदालतले संसद्‌बाट सरकार बन्ने अवस्था हेर्ने विषय नभएको र संसद्‌ले निर्णय गर्ने विषय भएको बताए ।

उनले भने श्रीमान्‌हरू अवस्था हेरिरहनुभएको छ । त्यो हामीले चिन्ता गर्ने विषय होइन । संसद्‌लाई निर्णय गर्न दिऊ,  संविधानले अवस्था कल्पना दिएन श्रीमान् । यो संविधानले प्रक्रियाबाट सरकार आउँदैन भन्ने पुष्टि हुनुपर्‍यो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *