Sajhamanch Archive

सर्वोच्चको ललितानिवास जग्गा प्रकरणमा अभियोग दर्ता गर्दाको प्रमाण झिकाउन आदेश

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । सर्वोच्च अदालतले ललितानिवास जग्गा प्रकरणमा अभियोगपत्र दर्ता गर्दाका प्रमाण झिकाउन आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र हरि फुयाँलको संयुक्त इजलासले यस्तो आदेश दिएको हो ।

वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले नीतिगत निर्णय भनेर सबैखाले अपराधबाट उन्मुक्ति नहुने जिकिर गर्दै ललितानिवास जग्गा प्रकरणमा निर्णयकर्तालाई पनि मुद्दा चलाउनुपर्नेमा त्यसो नगरिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग र महान्यायाधिवक्ताको कार्यालयलाई विपक्षी बनाएर रिट दायर गरेका थिए ।

आदेशबाट ललितानिवास प्रकरणमा क–कसलाई कसरी उन्मुक्ति दिइएको थियो भन्ने टुंगो लाग्ने छ । ती प्रमाणका आधारमा सर्वोच्चले अन्तिम फैसला गर्दा नीतिगत निर्णय भनेर जोगाइएका व्यक्तिहरुउपर मुद्दा चलाउनुपर्ने वा नपर्ने टुंगो लाग्ने छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *